राष्ट्रियसभाको बैठक १८ गतेका लागि सर्‍यो


काठमाडौं – असोज १७ गते आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ ।

असोज १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गते सोमबारका लागि सारेको संसद सचिवालयले जनाएको छ ।

‘ अध्‍यक्षज्‍यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११:०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’ संघीय संसदका महासचिव डा. भरतमणि गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ

संसदमा नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पुर्वाग्रही भएको भन्‍दै बैठक अवरुद्ध गर्दै आएको छ।

प्रतिक्रिया