अर्घाखाँचीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु


काठमाडौं – आफ्नै श्रीमतीको हत्या आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन्।

सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका ३० वर्षीय विष्णु विक आफ्नै श्रीमती २९ वर्षीया सीता विकको हत्या आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता सुजन शाहले आरोपमा विकले मंगलबार साँझ मदिरा सेवन गरी लठ्ठीले हानेर विष्णुको हत्या गरेको स्वीकार गरेको बताएका छन्।

एकआपसमा घरासयी विवाद हुँदा विष्णुले श्रीमती सीताको टाउकोमा लाठी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरीले विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू गरेको जनाएको छ।

प्रतिक्रिया