मलामी गएर घर फर्कने क्रममा भिरबाट लडेर एककाे मृत्यु, ५ जना मृत अवस्थामा फेला


काठमाडौं – काठमाडौं महानगरपालिका-१६ ठमेलस्थित बिहानी होटलको १०२ नम्बर कोठामा जर्मन नागरिक ४० वर्षीय डेभिड मिट्जक्याट बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटना सम्बन्धमा सोधपुछका लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको    छ ।

यसैगरी काठमाडौं महानगरपालिका-८ गौरीघाटस्थित किराँतेश्वर मन्दिर जाने बाटोमा गौरीघाट बस्ने ओखलढुँगा घर भएका नाम थर नखुलेका करिब ५२ वर्षीय पुरुष  बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

पाल्पा, बगनासकाली गाउँपालिका-७ खानिगाँउ झाक्रीस्थान बस्ने ३१ वर्षीय दिपक भट्टराई आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

बैतडी, सूर्नया गाउँपालिका-४ लेकडाँडा बस्ने ५७ वर्षीय कमल सिह महरा सोही ठाउँ हरिपुरस्थित पसलको अगाडि बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा आवश्यक सोधपुछको लागि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, राजपुर नगरपालिका-५ बस्ने ६० वर्षीय राम सरुप राय आफ्नै घरबाट करिब १ किलोमिटर टाढा खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

भिरबाट लडेर मृत्यु

खोटाङ बाह्रपोखरी गाउँपालिका-४ चाचरीबोटे बस्ने ६२ वर्षीय अगम बहादुर राईको लडेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही  ठाउँ माङसिंङटारस्थित मलामी गई घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको अवस्थामा लपुवाखोलामा उनको शव फेला परेको हो ।

प्रतिक्रिया