२०७७ को मदन पुरस्कार भगीराज इङनाम र जगदम्बाश्री भैरवबहादुर थापालाई


काठमाडौं – यसवर्षको मदन पुरस्कार लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहका लेखक भगीराज इङ्नामले पाएका छन् ।

मदनपुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदनपुरस्कारमा पूर्व सिडिओ समेत रहेका इङनामले लेखेको उक्त पुस्तक पुरस्कृत भएको मदनपुरस्कार गुठीले जनाएको छ ।

गुठीका अनुसार वर्ष २०७७ को जगदम्बा–श्रीबाट नृत्यशास्त्री भैरवबहादुर थापा तथा मदन पुरस्कारबाट ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’का लेखक भगिराज इङ्नाम सम्मानित भएको जनाइएको छ ।

 

 

प्रतिक्रिया