
पछिल्लो २४ घण्टामा १२३९ जनामा कोरोना पुष्टी, १३ को मृत्यु
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५२४३ जनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १३२४ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ५६ हजार ९ सय ५४ रहेको छ ।
त्यस्तै नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७२ पुगेको छ । नेपालमा पछिल्लो अवस्थामा २० हजार ७ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् ।



कागजपत्र |
