पछिल्लो २४ घण्टामा १०७८ मा कोरोना पुष्टी, १२ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १०७८ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ११ जार ७६५ जनाको कोरोना परिक्षण गरिएको थियो ।

त्यस्तै गत २४ घण्टामा देशभर ९११ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म देशभर कोरोनामुक्त हुनेको संख्या ७ लाख ६५ हजार ७५८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १३५ पुगेको छ ।

नेपालमा अहिलेको अवस्थामा १८ हजार १ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया