पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना पुष्टि, ४ को मृत्यु
काठमाडौं – पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो ।
जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।