दमकबाट लाखौँ नगदसहित १७ जना जुवाडे पक्राउ


झापा – झापाको दमक नगरपालिका-१ बाट ४ लाख २७ हजार ६ सय रुपैयाँसहित १७ जना जुवाडे पक्राउ परेका छन् ।

सोमवार राति साढे ११ बजे हिमाल देवानको भान्सा कोठामा जुवा खेलिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

जुवा खालबाट भद्रपुर नगरपालिका- ७ का ५१ वर्षीय युवराज न्यौपाने, भद्रपुर-९ का ४९ वर्षीय दिलबहादुर राई, भद्रपुर-१० का ५० वर्षीय ठाकुरप्रसाद निरौला, बिर्तामोड नगरपालिका-१ का ४२ वर्षीय तीर्थ अधिकारी, गौरादह नगरपालिका-५ का ४५ वर्षीय हरि कोइराला, कमल गाउँपालिका-४ का ४७ वर्षीय सुबिन्द्र सुब्बा, कनकाई नगरपालिका-३ का ३२ वर्षीय मोहन बराल, सोही ठाउँका ३२ वर्षीय सुनिल साह, मोरङको ग्रामथान-४ का ५७ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, ग्रामथान-५ का ४२ वर्षीय नैनकुमार चौधरी र ग्रामथान- ६ का ४४ वर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको थापाले बताए।

त्यस्तै‚ मोरङको पथरी शनिश्चरे नगरपालिका- ४ का ४० वर्षीय बलराम बस्नेत, पथरी शनिश्चरे-१ का ४३ वर्षीय गंगाराम मगर, बेलबारी नगरपालिका-११ का २१ वर्षीय निशान पोखरेल, दमक-७ का ४९ वर्षीय कर्ण राई, सोही ठाउँका ४० वर्षीय राजन दाहाल र दमक-३ का ३४ वर्षीय विनोद थेबे रहेको डिएसपी थापाले जानकारी दिए।

नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।

प्रतिक्रिया