

घुसकाण्डमा दोषी ठहर भएका नेपाल प्रहरीका एसपीहरू बस्नेत र यादव निलम्बित

काठमाडौं । गृह मन्त्रालयले घुस काण्डमा दोषी पाइएका नेपाल प्रहरीका दुई जना प्रहरी उपरिक्षक (एसपी)लाई निलम्बन गरेको छ।
मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा उनीहरूमाथि छानबिन भएको थियो।
विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन गरेको बताइएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा उनीहरुले अनियमितता गरेको ठहर भएको छ।
प्रहरी प्रधान कार्यालयले गरेको छानबिन गरी कारबाहीका लागि गृहमा सिफारिस गरेको थियो।
बस्नेत महानगरीय प्रहरी कार्यालय तथा यादब महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए ।

