काठमाडौं किङ्गस् इलाभेनको मुख्य प्रायोजकमा शिवम् सिमेन्ट


काठमाडौं – एभरेष्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ । असोज ९ गतेदेखि किर्तिपुरस्थित टियु मैदानमा हुन गईरहेको एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौँ किङ्गस् इलाभेनमा आबद्ध हुनेछ ।

हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किङ्स ११ बीच सम्झौता हस्ताक्षर भएको थियो । शिवम् सिमेन्ट लिमिटेडले काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ । टियू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन् ।

सन्दीप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौँ किङ्गस् इलाभेन टिममा अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् भने गुल्शन झा, सुवास खकुरेल र सिद्धान्त लोहनीसहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन । अनुभवी खेलाडीहरूले भरिएको सन्तुलित टिम भएको हुनाले काठमाडौँ किङ्गस् इलाभेनले यस एभरेष्ट प्रिमियर लिगमा खेलमार्फत सबैको मन जित्ने विश्वास लिइएको छ ।

गुणस्तरीय उत्पादन मार्फत भरोसा जितेर सबैसँग अटुट सम्बन्ध स्थापित गर्न सफल शिवम् सिमेन्टको जस्तै गुणस्तरीय खेल मार्फत सबैको भरोसा जितेर काठमाडौँ किङ्गस् इलाभेनले सम्पूर्ण क्रिकेट प्रेमीहरूसँग एउटा आत्मीय सम्बन्ध स्थापित गर्न सफल हुन्छ भन्ने अपेक्षा गरिएको छ । प्रतियोगिता असोज २३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया