नबिल बैंकको आकर्षक दशैं अफर


काठमाडौं – गत वर्षको अपार सफलतापछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ ।

नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । यस योजना अन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर प्रदान गरिनेछ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्चब्याज दर आर्जन प्रदान गर्ने यस बैंकको उद्देश्य रहेको छ ।

आफ्नो देशभर १३५ वटा शाखा कार्यालयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर सेवा दिँदै अएको छ ।

प्रतिक्रिया