वाग्मती प्रदेशसभाको संसदीय दलको नेतामा पाण्डे चयन


काठमाडौंं – नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेशसभाको संसदीय दलको नेता चयन गरेको छ ।

निर्वाचन आयोगले वाग्मती प्रदेशमा दलको मान्यता दिएपछि दलको नेता चयन गरिएको हो ।

आज बसेको पार्टीको संसदीय दलको बैठकले राजेन्द्र पाण्डेलाई दलको नेता चयन गरेको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए ।

वाग्मतीमा एकीकृत समाजवादीका १३ सांसदले मान्यता पाएका छन् ।

त्यस्तै, अरू दलको बैठक भोलि बसेपछि प्रदेशमा नयाँ सरकार गठनका विषयमा निर्णय हुने उनले बताए ।

प्रतिक्रिया