आनी चोइङ डाेल्माको गणेश मन्त्र भारतमा भाइरल (भिडियोसहित)


नयाँ दिल्ली – नेपालमा आनी चोइङ डाेल्मा भन्ने वित्तिकै नचिन्ने प्राय कम नै हाेलान् । उनी नेपालमा जति लोकप्रिय छिन् भारतमा पनि उनकाे लोकप्रियता बढ्दाे छ ।

पछिल्लाे समय बौद्ध् धर्मावलम्बी आनी चोइङ डाेल्माले गणेश मन्त्र गाएपछि भारतमा भिडियो भाइरल भएको छ । भारतका प्रतिष्ठित उद्योगपति हर्ष गोइन्काले सामाजिक सञ्जाल ट्वीटर मार्फत आनी चोइङको भिडियो शनिबार सार्वजानिक गरेका हुन् ।

आनी चोइङले जर्मनीको म्युनिख शहरमा भएको कन्सर्टमा उक्त मन्त्र गाएकी थिइन् । उक्त भिडियोले मन छोएको भन्दै उद्योगपति गोइन्काले ट्वीट्मार्फत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालकर्ताहरुले उक्त भिडियोले मन्त्रमुग्ध भएको बताइरहेका छन् ।

उनी तिब्बती मूलकी नेपाली बौद्ध धर्मावलम्बी भएको भारतीय मिडियाले लेखेका छन् । उनले एआर रहमानसँग सन् २०१३ मा गीत गाएकी थिइन् ।

प्रतिक्रिया