
प्रमोद निर्वाणको ‘किन यसरी बिना अर्थले’ रिमेक भर्सनमा (भिडियोसहित)
काठमाडौं – गायक प्रमोद निर्वाणको स्वरमा २० वर्ष अघि रेकर्ड गरिएको लोकप्रिय गीत ‘किन यसरी बिना अर्थले’को रिमेक भर्सन सार्वजनिक भएको छ।
गायक निर्वाणको स्वर रहेको गीतको रिमेक भर्सनको भिडियोमा सागर लम्साल ‘बले’, शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे ‘सानु’ को अभिनय छ । गीतमा प्रमोदलाई सरला बिसीले स्वरमा साथ दिएकी छन् ।
गोल्डेन मड क्रिएशनको गीतलाई बले इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । निकेश खड्का निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।
भिडियोः



कागजपत्र |
