खोलाले बगाएर ल्याएको महिलाको शव फेला


दैलेख – दैलेखको गुराँस गाउँपालिका–५ गोगनपानीमा भैरीखोलाले बगाएर ल्याएको अन्दाजी २० वर्षकी अपरिचित महिलाको शव फेला गरेको प्रहरीले जनाएको छ ।

भैरी खोलाले बगाएर ल्याएको ती महिलाको शव पराजुली खोलामा नपुग्दै बिउराखेत नजिक खोलाको किनारामा फेला परेको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । गोगनपानी, पिलाडी, लालीकाँडा र अवलपराजुलबाट हराएका कोही छन् कि भनेर खोजबिन गर्दा समेत पत्ता नलागेकोले बाहिर कतैबाट आएकी हुनसक्ने डीएसपी श्रेष्ठले बताए ।

ती महिलाले गौतमबुद्धको चित्र अंकित खैरो टीसर्ट र सुरुवाल लगाएको अवस्थामा फेला परेको महिलाको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया