के तपाईँकाे धेरै सुत्ने बानी छ ? ख्याल राख्नोस् हुन सक्छ खतरा


काठमाडाैं – जाडाेमा न्यानाे र गर्मीमा शीतल महसुस गर्दै हामी विहान लामाे समय/धेरै सुत्न मन पराउछौं । जाडोबाट लाग्ने रोगबाट बच्नका लागि पनि हामी मध्ये धेरैले ओछ्यानमै समय विताउने गरेका छौं । यस्तै बानी परेका मध्ये धेरै गर्मीकाे समयमा पनि हत्तपत्त विहान चाँडै उठ्न मन पराउँदैनाैं । के तपाईँकाे धेरै सुत्ने बानी छ ? ख्याल राख्नोस् धेरै सुत्ने बानीलाई एक अध्ययनले खतरानाक सावित गरिदिएको छ ।

यूरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन रिपोर्टका अनुसार ६ या ८ घन्टा भन्दा धेरै समय सुत्नाले मुटुको राेगी हुनुका साथै चाडै मृत्यु हुने खतरा पनि बढ्न जान्छ । तर अध्ययनको रिपोर्टका अनुसार पर्यात्त मात्रामा निद्रा निकै महत्वपूर्ण हुन्छ । तर आवश्यकता भन्दा धेरै सुत्दा भने स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै समयभन्दा पहिला मृत्यु हुने खतरा बढ्ने गरेको छ ।

अध्ययनका क्रममा शोधकर्ताको टीमले २१ अलग अलग देशका १ लाख १६ हजार ६ सय ३२ मानिसबीचमा निद्राको डाटाको जाँच गरिएको थियो । यसमा ४ अत्याधिक आय भएका देश जस्तै क्यानडा, स्वीडेन, साउदी अरब, युएइ, १२ मध्य आयका भएका देश जसमा अर्जेन्टिना, ब्राजिल, चिली, चीन, इरान, मलेशिया लगातका देशमा अध्ययन गरिएको थियो । यसका साथै कम आय भएका देश बंगालादेश, भारत, पाकिस्तान, तान्जातिया तथा जिम्बाबेका मानिसलाई सहभागी गराइएको थियो ।

अध्ययनमा सहभागी सबै देशका मानिससँग उनीहरुको आर्थिक स्थिति, लाइफस्टाइल, सुत्ने समय, धुम्रपान, अल्कोहल, व्यायाम, डाइट तथा विरामीसँग सम्बन्धी प्रश्नहरु सोधिएको थियो ।

नतिजामा आए अनुसार जो मानिस ८ घन्टा भन्दा धेरै सुत्छन् उनीहरुमा हर्ट अट्याक तथा स्ट्रोक हुने खतरा अधिक हुन्छ । साथसाथ यस्तो मानिसको चाडो मृत्यु हुने खतरा पनि ४१ प्रतिशत बढ्न सक्छ । अध्ययनका अनुसार व्यक्तिलाई ६ देखि ८ घन्टा भन्दा धेरै समय सुत्नु घातक हुन जान्छ ।

प्रतिक्रिया