

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: मृतकको संख्या तीन पुग्यो

काठमाडौं – सिन्धुपाल्चोकको ठोकर्पाबाट काठमाण्डौं आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
दुर्घटनामा २५ घाइते छन् । घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र ९ जनालाई सिन्धु सदावहार अस्पताल खाडिचौरमा उपचारका लागि लगिएको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पाबाट काठमाण्डौं आउँदै गरेको बस दुर्घटनामा २ पुरुषलाई बसले किचिएको थियो । उनीहरुको दुवैको मृत्यु भएको प्रत्यक्षदर्शीको भनाई छ । अर्का एक्को भने उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
स्काभेटरले शव निकालेको प्रत्यक्षदर्शीले बताएका छन् । ठोकर्पाबाट काठमाण्डौं आउँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रुबस सुनकोशी गाउँपालिका ३ कालिकास्थित मिलडाँडा नजिकै थापगाउँको घुम्तीमा दुर्घटना भएको हो बस सडकभन्दा करिब २५ मिटर तल खसेको हो ।

