कांग्रेस जिल्ला सभापतिहरुद्वारा रिले अनसन सुरु


काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन शुरु गरेका छन् ।

आफूहरुले उठाएका मागहरु पार्टी नेतृत्वले सम्बोधन गर्न ननमानेको भन्दै उनीहरुले बुधबारबाट रिले अनसन शुरु गरेका हुन् ।

क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने र सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।

यसअघि, मंगलबार जिल्ला सभापतिहरुले विहान ११ बजे धर्ना दिएका थिए । माग सम्बोधनका लागि सांकेतिक धर्ना दिएका उनीहरुले आजबाट भने धर्ना लम्ब्याउँदै २४ घण्टा पु¥याएका हुन् ।

 

प्रतिक्रिया