सुनको मुल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?


काठमाडौँ – आज सुन चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । साताको पहिलो दिन आइतबार सुन तोलामा तीन सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँ सस्तो भएको छ ।

आज छापावालाा सुनको मुल्य प्रतितोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तैगरी तेजावी सुन ९० हजार ४०० मा कारेबार भइरहेको माहासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया