माधवको कित्तामा खुले बामदेव गौतम, भन्छन्- विद्रोह नै विकल्प


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफु नेकपा एमाले समाजवादीतीर केन्द्रित हुने बताएका छन् ।

आफू नेतृत्वको राष्ट्रिय एकता अभियानको भर्चुअल बैठकमा माधव नेपाल नेतृत्वको एमाले समाजवादीको बैठकमा सहभागी हुने बताएका हुन् ।

उपाध्यक्ष गौतमले एमाले समाजवादीको बैठकमा उपस्थित भएर आफुले सबै भन्दा पहिले एकताको जिम्मेवारीको प्रस्ताव राख्ने र डेढ वर्षभित्रै पार्टी एकता गर्ने उनको दाबी गरे ।

गौतमले भने ‘माधव नेपाल नेतृत्वको बैठकमा म सबभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’, ।

उनले अघि भने ‘अब पार्टी एकता अभियानलाई तीव्र बनाउने योजनामा छु’, ‘योसँगै अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु ।’ गौतमले अब ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि बताएका छन् ।

‘अब ओलीको पक्षमा लागेर, उनीसँग हिंडेर केही गर्न सकिँदैन, कहीं पुग्न सकिंदैन’, उनले थपे, ‘अब हामीसँग विद्रोह नै विकल्प हो । नयाँ पार्टीलाई अहिलेको एमालेभन्दा शक्तिशाली बनाउने अभियानमा लाग्छौं । त्यसपछि पार्टी एकतामा जोड दिन्छौं ।’ गौतमले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताउँदै त्यो जिम्मेवारी आफूलाई दिन नेता नेपाललाई पनि आग्रह गर्ने बताएका छन् ।

प्रतिक्रिया