ओली समूहको संसदीय दलको बैठकमा ११५ सांसद, संसद्मा ध्यानकेन्द्रित गर्न निर्देशन 


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल बैठक सकिएको छ ।

केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सकिएको उक्त बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले भोलिबाट सुरु हुने संसद्मा ध्यानकेन्द्रित गर्न निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।

आज बसेको ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको दावी गरे । ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड-नेपाल समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतमलाई पनि निम्तो दिए पनि बैठकमा भने अनुपस्थित रहेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछिको पहिलो प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजे बस्दैछ ।

गत पुस ५ गते संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ । विभाजित प्रचण्ड-माधव नेपाल समूले शुक्रबार संसदीय दलको नेता प्रचण्डलाई चयन गरेको छ भने केपी ओली नेतृत्वको नेकपाले ओलीलाई नै दलको नेता मान्दै आइरहेको छ ।

प्रतिक्रिया