एमाले विभाजन भएको छैन, भत्किएको एकाध ठाउँ टाल्न सकिन्छ : ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विभाजन नभएको दावी गरेका छन् । बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले एमाले विभाजन भएको नभई माधव नेपाल समूह चोइटिएर गएको जिकिर गरे ।

ओलीले भने, ‘एमाले विभाजन भएको छैन। एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान्। त,र त्यो टाल्न सकिन्छ, पार्टीमा घात गर्नेहरु केही बाहिरिएको मात्रै हुन्।’ उनले पार्टी एकताको लागि आफूले ठूलो पहल गरेको बताए।

ओलीले भने, ‘मैले एकताको कोसिस नै नगरेर भन्ने कुरा होइन। ५१ वर्ष अगाडि कम्युनिष्ट पार्टी पार्टीजस्तो थिएन त्यसै आन्दोलनबाट एकताको आह्वान ३१ सालमा गरेको थियो। त्यसपछि विभिन्न समूह सामेल भएर ३५ सालमा माले बन्यो पार्टी विस्तार एकिकरण र एकताको प्रयासहरु मेरै नेतृत्वमा भएको हो।’

माओवादी र एमाले पनि आफै नेतृत्वमा एकता भएको बताए। एमालेबाट केही मान्छे बाहिरिएपछि पार्टी निर्माण गर्न कोसिस गरेन भन्नु पूर्वाग्राही मात्रै भएको बताए।

माधव नेपाललाई लक्षित गर्दै भने, ‘पार्टी फुटाएको छ अकारण, पार्टीभित्र बिनासित्ती अस्थिरता गराइएको छ। त्यस्तो हुँदा समेत सहेको छ। प्रदेश प्रदेश र यहाँ पार्टीविरुद्ध लागेको छ। संसद जोगाउन विश्वासको मत नदिएर विघटनतिर लाने। नेकपा एमाले विभाजनतिर जाने प्रयास भएको छ। एमालेको सरकार हुनु भनेको प्रतिगमन हो। कांग्रेस नेतृत्वमा बिना एजेण्डाको सरकार बनाएर अनुसाशनहिनता देखाएको छ। अदालतबाट परमादेशमा सरकार माग गर्न पुगेको छ।’

आफ्नो सरकार ढाल्न लागेपछि फोन गरेर भेटेर एकताको प्रयास गर्दा पनि नमानेको उनले बताए।

 

प्रतिक्रिया