सरकारतर्फ हेरे अशुभ हुने तर्क गर्दै ओलीले भने- पदक वितरण गरेर विरोधीको मुख थूने


काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताएका छन् । मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक ‘श्वेत शार्दुल’ मंगलबार सार्वजनिक गर्दै सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताए ।

उनले न्यायाधीश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताए । आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजीवी र नागरिक समाजले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘अस्तिको दिन वितरण गरिएको जस्तो पदक हामीले वितरण गरिएको भए, बाबा १ अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, कसले खारेज गर्ने रु बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ, कसले बहस गर्ने रु विरोधमा बोल्ने टेलिभिजन, अखबार आदि इत्यादिलाई पनि वितरण गरिदिएको छ, ती पनि चुपचाप कसले बोल्ने रु कस्तो सबैतिर ढ्याकढ्याक ढोका थुन्ने रु कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । कतैबाट उज्यालो नछिरोस् । सबैतिर अन्धकारमा चलाउने । विरोधी नै रहेनन् । हामीलाई कुनै टाउको दुखेको होइन । यति धेरै पदकहरू त कहिले पनि बाँडिएको थिएन होला । रत्नपार्कमा बसेर वितरण गरिएको जस्तै छ क्या, ह्वारह्वार । म प्रधानमन्त्री भएको वेला यसरी वितरण गरेको भए, ओहो । के हुन्थ्यो रु बुद्धिजीवीहरूले के भन्थे रु नागरिक समाज के भन्थ्यो रु चुपचाप । आज रमाइलो छ, सबै चुपचाप छन् । सन्चो छ । शान्त छ ।’

ओलीले वर्तमान सत्तारुढले मन्त्रीका आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणी पनि गरे । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ । उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोधसमेत गरे ।

सरकारतर्फ हेरे अशुभ हुने उनको तर्क छ । उनले भने, ‘जनतामा राजनीतिप्रति निराशा, वैराग्यभाव, विरक्ति, वितृष्णा पैदा गर्ने कोसिस भएको छ । जानी जानीकन ताकी ताकी पत्रकारलाई पनि पदक, उसलाई पनि पदक, वकिललाई पनि पदक बोल्ने कोेही नराखे जस्तै । यहाँ सबलाई निराशा बनाइदिने, युवाहरूलाई निराशा बनाइदिने, केही पनि हुँदैन भन्ने पारिदिने । दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ ।’

प्रतिक्रिया