शंकर पोखरेलविरूद्ध अपहरणको उजुरी दिनुको कारण, यस्तो छ सांसद बिमलाको बयान


काठमाडौं– लुम्बिनी प्रदेशकी सांसद बिमला ओलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चार जनाविरूद्ध अपहरणको उजुरी दिनुको कारण खुलाएकी छन्।

पोखरेलसहित भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध ओलीले प्रहरीमा शरिर बन्धक तथा अपहरण मुद्दामा उजुरी दिएकी हुन्।

पोखरेललगायत एमालेले राजनीतिक र पारिवारिक जीवन नै सिध्याउन खोजेपछि उजुरी दिएको ओलीको बयान छ। उनले आफ्नो छोरालाई उक्साएर अंशमुद्दा हाल्न लगाउनेदेखि एमालेमा रहेको भनी सांसद पदसम्मलाई कारबाही गरेका कारण असह्य भएपछि उजुरी दिएको बताइन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिएको उजुरी दाङ पठाइएको छ। ओलीले उजुरीमा दाङ गएको बेला अपहरण गरी साउन १५ देखि ५ दिन बन्धक बनाएको उल्लेख गरेकी छन्। दाङ प्रहरीले भने उजुरी पुगेको स्पष्ट गरिसकेको छैन।

प्रतिक्रिया