पार्टी एकताको पक्षमा भन्ने बामदेव एमाले फुट्दा किन मौन?


काठमाडौं – नेकपा एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिया जोडतोडले सुरु गर्दा उपाध्यक्ष वामदेव गौतम भने मौन बसेका छन् ।

एमाले विवाद चर्केपछि पार्टी एकताको पक्षमा रहेको बताउने गरेका उपाध्यक्ष गौतम अध्यादेशबाट पार्टी विभाजन भैसक्दा पनि मौन बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसभन्दा अघि गौतम कहिले केपी ओलीतिर कहिले नेपालतिर लाग्दै आएका थिए ।

गौतमले २०५४ सालमा नेकपा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका थिए। पछि उनी पुनः एमालेमै समाहित भएका थिए।

प्रतिक्रिया