दिपक मनाङ्गेकी श्रीमती चोरी आरोपमा पक्राउ


हेटौडा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गेकी श्रीमती दिक्षेन लामा पक्राउ परेकी छन् ।

लामालाई बुहुमुल्य धातुबाट बनेको मुर्ति चोरेको आरोपमा हेटौंडाबाट पक्राउ गरिएको हो ।

लामालाई जिल्ला अदालत कास्कीले पक्राउको आदेश दिएपछि प्रहरीले मंगलबार पक्राउ गरी लामालाई कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले बताए ।

स्रोतका अनुसार सांसद मनाङ्गेले नै लामालाई मुर्ति राख्न दिएको प्रहरीलाई प्रारम्भिक बयान दिएकी छन् ।

प्रतिक्रिया