

कोरोनाको जोखिम कायमै, बढे भाइरल ज्वरोका बिरामी

रोल्पा – रोल्पामा केही दिनयता भाइरल ज्वरोका बिरामीकाे सङ्ख्या बढेकाे छ। गएकाे दुई हप्तादेखि रोल्पा अस्पतालमा मात्रै दैनिक १ सय ५० देखि २ सय जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन् ।
अस्पतालमा आउने धेरैजसो बिरामीहरुमा ज्वरो आउने, जिउ दुख्ने लक्षण देखिएको रोल्पा अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम पनि कायमै रहेकाले धेरैजसो बिरामीको एन्टिजेन परीक्षण गर्ने गरिएको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा सुवेदीले जानकारी दिए ।
रोल्पा अस्पताल बाहेक जिल्लाका अन्य स्वास्थ्य संस्था र निजी मेडिकलहरुमा पनि उत्तिकै सङ्ख्यामा बिरामी आउने गरेका छन् ।कोरोनासँगै अन्य सङ्क्रामक रोक फैलिन थालेका भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न चिकित्सकहरुले सुझाएका छन् ।

