कांग्रेसमा पनि पौडेल समूहको फरक भेला, ४७ जिल्ला सभापतिको धारणापछि केन्द्रीय समिति डाकियो


काठमाडौं– नेपाली कांग्रेसमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको बैठक गरेको छ। ठमेलमा भएको बैठकमा ३५ जिल्ला सभापति सहभागी छन् भने १२ जना भिडिओ कन्फ्रेन्समा जोडिएका छन्।

सभापतिहरुको भेलाले भर्खरै सरकारले खारेज गरेको भूमी आयोग चाँडो भन्दा चाँडो गठन गर्न माग समेत गरेको छ। यसका अलावा महाधिवेशन तोकिएको समयमा हुनुपर्ने जिल्ला सभापतिहरुको बैठकको निर्णय रहेको बताइन्छ।

महाधिवेशनलाई लक्षित गरी पौडेल समूहले केन्द्रीय समितिको बैठक पनि आह्वान गरेको छ। संस्थापन शेरबहादुर देउवा पक्षबाहेकको केन्द्रीय समितिको बैठकले महाधिवेशनका लागि दबाब दिनेछ।

जिल्ला सभापतिहरुको रायका आधारमा नै केन्द्रीय समितिले एजेन्डा तय गर्दै महाधिवेशनका लागि नै दबाब दिने तयारी गरेको बताइएको छ।

प्रतिक्रिया