आन्तरिक पर्यटकलाई लक्षित गर्दै ‘टुकी’को विशेष अफर


पाेखरा – पोखराको लेकसाइडमा रहेको टुकी रिसोर्टले विशेष अफर सार्वजनिक गरेको छ । नेपालको पर्यटन क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यले आन्तरिक पर्यटकलाई लक्षित गर्दै रिसोर्टले विशेष अफर ल्याएको हो ।

‘चिप एण्ड बेस्ट’ अफर अन्तर्गत रिसोर्टले आफ्नो ब्लक ‘बी’का कोठाहरुमा प्रतिव्यक्तिका लागि ७५० मा स्तरीय बेड उपलब्ध गराउने भएको छ । रिसोर्टका अनुसार उक्त मूल्यमा ट्वीन बेडवाला कोठा उपलब्ध हुनेछ भने थप ५०० तिरेको खण्डमा सिंगल रुम उपलब्ध हुने जनाइएको छ ।

२९ डिलक्स रुम भएको उक्त रिसोर्टमा २६ स्ट्यान्डर्ट रुम रहेका छन्। क्याफे, स्पाको सुविधा छ भने सपिङ अर्किड समेत रहेको रिसोर्टमा पाँचवटा हल रहेका छन्।

पर्यटकीय नगरी पोखराको मुटुमै रहेको रिसोर्टबाट गार्डेनका साथै रमणीय दृश्य अवलोकन गर्न सकिने जनाइएको छ ।

त्यस्तै सभा सम्मेलन र बैठकका लागि पोखराकै सबैभन्दा ठूलो स्पेस भएको हलको व्यवस्था भएको पनि जनाइएको छ । एकैचोटी ५ वटा सम्म कार्यक्रम सञ्चालनका लागि हलको व्यवस्था भएको रिसोर्टमा अन्य सुविधासँगै स्तरीय र पूर्ण हाइजेनिक खाना उपलब्ध हुने पनि जनाइएको छ ।

प्रतिक्रिया