मनकलाकाे हत्यामा १५ वर्ष र ११ वर्षका बालककाे संलग्नता, रुकुम प्रहरीद्वारा घटना सार्वजनिक


काठमाडौं – रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नम्बर ४ निवासी २६ वर्षकी मनकला खत्री खड्काको हत्यामा उनकै नजिकैको नातेदारकाे संलग्नता रहेकाे भन्दै प्रहरीले घटना सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गत साेमबार साँझ अन्दाजी ७ बजे आसपास भएको मनकलाकाे हत्याकाे विषयमा आज पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गरेको हाे ।

घटनामा मृतका भतिजो पर्ने १५ वर्षका एक एक बालककाे मुख्य संलग्नता रहेको प्रहरीले बताएकाे छ । निजले हत्या गरेर गहनपात समेत लुटपाट गरेको प्रहरीले बताएको छ ।

हत्या पश्चात् निजहरुले मनकलाबाट लुटेर लिएको सुनको जस्तो देखिने कानबाली २ थान,मुन्द्रि २ थान,नाककाे फुलि १ थान समेत बरामद गरेको छ । मनकलाकाे हत्यामा प्रयाेग भएको हसिया,टर्च,रगत लागेको केही लत्ताकपडा समेत प्रहरीले बरामद गरेको छ ।

पुरानो इगाेकाे कारणले हत्या भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको हाे । यस्तै हत्यामा संलग्नता भएको भन्दै ११ वर्षका मुख्य याेजनाकारका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

हत्या हुनकाे दिन मनकला साँझ सात बजे आसपास नजिकैकाे भैंसी गाेठमा भैसीलाई घाँस हाल्न घर बाट निस्केको थिइन् । ९ बजे सम्म पनि घरमा नआएपछि मृतककाे सासु र स्थानीयले खाेजतलास गर्दा नजिकैकाे मकैबारीमा लाश फेला पारेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ध्रुव श्रेष्ठका अनुसार घटना घटनाको २४ घण्टामै प्रदेशबाट आएकाे व्युराे टाेली रुकुम पश्चिमकाे प्रहरी टाेलीले घटनामा संलग्नलाई पक्राउ गरेकाे थियो ।

प्रतिक्रिया