नेपाल प्रहरीका पूर्वडिएसपी श्रेष्ठ बेलायत प्रहरीको सल्लाहकारमा नियुक्त


काठमाडौं– नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरिक्षक (डिएसपी) शिवजी श्रेष्ठ बेलायत प्रहरीको क्षेत्रीय सल्लाहकार बोर्डमा नियुक्त गरिएका छन्। 

हाल बेलायतमा बस्दै आएका श्रेष्ठलाई बेलायत प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा नियुक्त गरिएको हो।

ह्याम्प्सायर कन्स्टल्बुरीका असिस्टेन्ट चिफ कन्स्टेबल म्याग्गी ब्लिथले श्रेष्ठलाई सल्लाहकार बोर्डमा नियुक्त गरिएको जानकारी गराएकी छन् । ८ जना मध्ये श्रेष्ठ एक सल्लाहकार हुन्। उनी नियुक्त भएको बोर्डलाई फोर्स स्ट्राटे«जिक इन्डिपेन्डेन्ट एडभाईजरी ग्रुप भनिन्छ।

श्रेष्ठको व्यवसायिक पृष्ठभूमि र यहाँको स्थानीय समुदायमा उनको सक्रियताका आधारमा बेलायत प्रहरीको सल्लाहकारमा नियुक्त गरिएको हो ।

पहिलो चरणमा उनको नाम प्रस्ताव गरिएको थियो। त्यसपछि बैठक र अन्तरवार्ताहरूमा उनको प्रस्तुती उत्कृष्ट भएपछि सल्लाहकारमा नियुक्त गरिएका हुन् । ह्याम्पशायर कन्सट्याबुलरीका उच्च प्रहरी अधिकारीहरुसँगै बेलायत सरकारका पूर्वगृहमन्त्री समेतको सहभागितामा छलफलहरु भएको थियो ।

आगामी जनवरीदेखि २ बर्षका लागि उनले सल्लाहकारका रुपमा काम गर्नेछन्। बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका अल्डरसट, फार्नबरोदेखि हुक, बेजिंगस्टोक, विन्चेस्टर, अल्टन, साउथह्याम्पटन, पोर्टस्माउथ र आइल अफ ह्वाइटसम्मका क्षेत्र बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको कार्यक्षेत्रमा पर्छन् ।

श्रेष्ठ बेलायत बसे पनि नेपालको सुरक्षा मामिला, राजनीतिक अवस्थाका विषयमा कलम चलाउँछन् भने नेपालका विभिन्न ठाउँमा सामाजिक सेवामा उनको परिवार नै सक्रिय रहेको छ। नेपालमा उनी ओखलढुंगा जिल्लावासी हुन्।

प्रतिक्रिया