

कार्यदल विभाजन भएपछि एमाले गम्भीर मोडमा, फेरि को–को सक्रिय भए?

काठमाडौं– नेता माधवकुमार नेपाललाई एमालेमा ठाउँ नभएको बताउँदै अध्यक्ष केपी शर्मा ओली पार्टीका गतिविधिलाई तिव्रताका साथ अघि बढाउन सक्रिय भएका छन्।
उनले शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेका छन्। ओलीले दुई पक्षको कार्यदलले दिएको १० बुँदे सहमतिको सुझावलाई पारित गराउँदै कार्यदल विघटन गरेका छन्। तर यसले एमालेको विवाद समाधान गर्ने संकेत नदेखिएपछि फेरि दोस्रो तहका नेता सक्रिय भएका छन्।
शनिबार ओली र नेपाल पक्षका दोस्रो तहका नेता एमाले संसदीय दलको कार्यालयमा एकतामा दुई नेतालाई मिलाउने विषयका विषयमा छलफलमा जुगेका थिए।
विघटित कार्यदलका सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल सक्रिय छन्। एमाले सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि एकताको मिलनविन्दु खोज्न सक्रिय भएका छन्।

