

बालिका करणी अभियोगमा एक पक्राउ

ललितपुर – सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोन्ज्योसोम गाउँपालिका-१ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावा रहेका छन् ।
घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीको दावी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

