

अश्लिल भिडियो देखाएर जबरजस्ती करणी गर्ने ‘डाक्टर’ पक्राउ

मोरङ – जबरजस्ती करणी गरेको अभियोगमा मोरङका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्।
मोरङ पथरी शनिश्चरे नगरपालिका—१ दृष्टि चश्मा घरमा कार्यरत् राजेश साहलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो।
साहले १३ वर्षीया बालिकालाई घरमा अरु नभएको बेला अश्लिल भिडियो देखाउँदै जबरजस्ती करणी गरेको जनाइएको छ । पीडित बालिकाको परिवारसँग एउटै घरमा बस्दै आएका सप्तरीका साहविरुद्ध पीडित पक्षले किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
साहले आफूलाई आँखाको डाक्टर बताएको बताउँदै त्यसबारेमा अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ ।
साहले आफूलाई मोबाइलमा अश्लिल भिडियो देखाएर जबरजस्ती करणी गरेको कुरा बालिकाले परिवारलाई सुनाएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताए।

