टिपरले फेरि लियो ज्यान, गोकर्णमा साइकल यात्रीको मृत्यु


काठमाडौं — काठमाडौंको गोकर्णेश्वरमा टिपरको ठक्करले एक जनाको मृत्यु भएको छ ।

गोकर्णेश्वरको जगडोल पार्क नजिकै बा ४ ख ८२२९ नम्बरको टिपरले शुक्रबार बिहान पौने ६ बजे साइकललाई ठक्कर दिँदा घाइते भएका साइकल चालक २६ वर्षीय खुर्बु छिरिङ भोटेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

संखुवासभा घर भई काठमाडौं बौद्ध बस्दै आएका साइकल यात्री खर्बुलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएकोमा उनको साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रहरीले टिपर चालक प्रदीप विकलाई नियन्त्रणमा लिएर दुर्घटनाको विवरण लिइसकेको छ ।

प्रतिक्रिया