

प्रभु साह सहभागी भएकाे कार्यक्रममा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

रौतहट – रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । मौलापुर नगरपालिकाको बिहीबारको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ ।
मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।

