आईजी प्रकरणका विवादीत पूर्वमहान्यायाधीवक्ता श्रेष्ठले संवैधानिक इजलासमा राखे यस्तो दलील


काठमाडौं– प्रहरी महानिरिक्षक (आईजी) बढुवाका क्रममा नवराज सिलवालविरुद्ध सर्वोच्च अदालतमा सेटिङ गराउने भूमिकामा विवादीत बनेका पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटन प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारी राजाभन्दा माथि बन्न खोजेको आरोप लगाएका छन्।

रिट निवेदनकर्ताको तर्फबाट बहसमा उत्रिएका श्रेष्ठले संविधानको धारा ७६(५)लाई राष्ट्रपति भण्डारीले आफूअनुकुलतामा व्याख्या गर्न खोजी असंवैधानिक काम गरेको दलील पेस गरेका हुन्। उनले भने,‘राष्ट्रपति श्री ५ भनिने राजाभन्दा माथि श्री ७ बन्न खोजेको हो? लोकतन्त्रमा त्यो संवैधानिक राष्ट्रपतिलाई त्यो अधिकार छ?’

तत्कालिन आईजीका लागि सिलवालविरुद्ध सक्रिय भूमिका खेली विवादमा आएका उनी शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा पनि लामो समयसम्म महान्यायाधीवक्ता बसेका थिए। प्रचण्ड प्रधानमन्त्री हुँदा महान्यायाधीवक्तामा नियुक्त पाएका उनले फेरि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति दिनुपर्ने संवैधानिक इजलासमा जिकिर गरेका छन्।

श्रेष्ठ ति विवादीत महान्यायाधीवक्ता हुन् जसले तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउनका लागि कांग्रेस र माओवादीका सांसदलाई सुझाव दिएका थिए। आईजी प्रकरणमा कार्कीको भूमिकाविरुद्ध क्याम्पेनिङ गर्न श्रेष्ठ नै अग्रसर रहेका थिए। यसकारण उनी विवादमा तानिएका थिए।

प्रतिक्रिया