

सन्तोषी सुब्बाको हत्या अभियोगमा तिमिल्सिना पक्राउ

काठमाडौं – काठमाडौं कालोपुल बस्दै आएका सन्तोषी सुब्बाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुवास तिमिल्सिना रहेको प्रहरीले जनाएको छ।
तिमिल्सिनालाई महानगरीय प्रहरी अपराध अनुसन्धानको टोलीले काठमाडौंको असनबाट पक्राउ गरेको हो। सोही विषयमा प्रहरीले साढेँ ११ बजे पत्रकारसम्मेलन गर्दैछ।
सुब्बाको शव मंलगबार दक्षिणकालिको मन्दिरनजिकको सार्वजनिक शौचालयमा भेटिएको थियो। उनको घाँटी थिचेर निर्मतापूर्वक हत्या भएको थियो।

