स्वास्थ्य केन्द्रमा कार्यरत युवती जंगलमा मृत भेटिइन्, अनुहारमा नीलडाम र टाउकोमा चोट


काठमाडौं – डडेल्धुराको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत एक युवतीको शव फेला परेको छ। मृतकको अनुहारमा नीलडाम देखिएको र टाउकोमा पनि घाउ देखिएकाले स्थानीयले हत्याको आशंका गरेका छन्।

परशुराम नगरपालिका–८ स्थित केन्द्रकी कार्यालय सहयोगी २४ वर्षीया अस्मिता धामीको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराले जनाएको छ।

२ असारमा कोभिडविरुद्धको वडामा बाँकी खोप जोगबुडा अस्पताल फिर्ता गर्न जाँदा सम्पर्कविहीन भएकी धामी शनिबार जंगलमा मृत भेटिएकी हुन्।

यस विषयमा प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्लाबाट गएको टोलीले अनुसन्धान गरिरहेको बताए। ‘अहिले नै हत्या हो या होइन भन्न सकिने अवस्था छैन्,’ उनले भने।

प्रतिक्रिया