मुख्यमन्त्री दावी गर्न प्रदेश प्रमुखको निवासमा नेपाली, मनाङे पनि उपस्थित


काठमाडौं – गण्डकीमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली बहुमत सांसदसहित प्रदेश प्रमुखको निवास पुगेका छन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेपाली गण्डकी प्रदेश सभामा आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न माग गर्दै ३१ सांसदसहित प्रदेश प्रमुखको निवास पुगेका हुन्।

स्वतन्त्र सांसद दीपक मनाङे पनि नेपालीको साथ प्रदेश प्रमुख निवास पुगेका छन्। नेपालीलाई कांग्रेस, माओवादी, जसपा र राजमोले समर्थन गरेका छन्। ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने प्रायः निश्चित छ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठन आह्वान गरेकी थिइन्। बिहीबार मनाङे गुरुङलाई मत दिन अनुपस्थित थिए।

प्रतिक्रिया