

डा. भट्टराईको प्रश्न – ‘संविधान जारी हुँदा ‘दीपावली’ र ‘ब्ल्याकआउट’ गर्नेबीच कसरी घाँटी जोडियो ?’

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेताले मन्त्रीमण्डलको पुनर्गठनप्रति प्रश्न उठाएका छन् ।
नयाँ मन्त्रीहरुले सपथ लिँदै गरेको बखतमा सामाजिक सञ्जाल ट्वीटरमा आप्mनो अभिव्यक्ति सार्वजनिक गर्दै भट्टराईले वर्तमान संविधान जारी हुँदा दीपावली गर्ने ब्ल्याकआउट गर्नेबीच कसरी घाँटी जोडियो भनेर प्रश्न गरेका छन् ।
भट्टराईले अगाडि लेखेका छन्, अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादक कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम’, भनेर प्रश्न गरेका छन् ।
भट्टराईले नाकाबन्दीका समर्थक र विरोधी कसरी एकैठाउँमा रहे त्यसको पर्दाफास भएको जनाएका छन् ।
यक्ष प्रश्न-संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?
— Baburam Bhattarai (@brb1954) June 4, 2021

