

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं – पुनः गठित मन्त्रिपरिषद्का मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज शुक्रबार साँझ आयोजित एक समारोहबीच शपथ खुवाएकी हुन् ।
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह सरकारमा सामेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनः गठन गरेका हुन् ।
पुनः गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ जना मन्त्री र २ जना राज्यमन्त्री छन् । जसपाको ठाकुर समूह वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सामेल भएको हो ।

