प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा आज पनि सुनुवाइ


काठमाडौँ – प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार भएको सुनुवाइमा बहस नसकिएपछि आज पुनः सुनुवाइ हुने भएको हो ।

शुक्रबार ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोविन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।

उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन आग्रह गरेका थिए ।

इजलासले एउटा रिटमा बढीमा १० मिनेट बहस गर्न समय तोकेको छ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० रिट दर्ता भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए । विपक्षी गठबन्धनले संसद पुनःस्थापनाको माग गर्दै रिट दायर गरेको थियो ।

प्रतिक्रिया