जसपाले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने


काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गर्ने भएको छ।

बुधवार बसेको जसपा पदाधिकारी बैठकले फागुन ९ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो। जसपा पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रेस विज्ञप्ति जारी गरि प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

जसपाले फागुन ९ गते देशभरिका सम्पूर्ण महानगर, उपमहानगरनगर, गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा गर्नेछ।

त्यस्तै, काठमाडौंको रत्नपार्कमा पार्टीनिकट सबै भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला पार्टीले संयुक्त जनप्रदर्शन तथा विरोधसभा गर्ने भएका छन्।

प्रतिक्रिया