

गुल्मीमा चौथोपटक निषेधाज्ञा थप

गुल्मी – गुल्मीमा चौथो पटक निषेधाज्ञा थपिएको छ । शुक्रबार बसेको कोभिड ब्यवस्थापन समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जेठ १५ गते रातीदेखि लागू हुनेगरी चौथो पटक पुनः एक हप्ता निषेधाज्ञा जारी गरेकी हुन् ।
जेठ २४ गते राती १२ बजेसम्मका लागि चौथो पटक निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिए । भण्डारीले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैसँग अपिल गरेका छन् ।
सरकारले निषेधाज्ञा उलंघन गर्नेहरूमाथि ५ महिनादेखि एक वर्ष कैद सजाय र १ लाख देखि ५ लाखसम्म जरिवाना गर्ने नियम बनाएकोले त्यसको पूर्ण पालना गर्न उनले सबैलाई आग्रह गरे ।

