

लुम्बिनीको प्रदेशसभा बैठक जेठ १९ गते बोलाउन सिफारिस

बुटवल – लुम्बिनी प्रदेश सरकारले जेठ १९ गते प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई आग्रह गरेको छ ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले जेठ १९ गते दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाउन सिफारिस गरेको हो ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । यस्तै बैठकले प्रदेश वन ऐन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रदेशसभाको बैठक बोलाउनको लागि विपक्षीहरु पनि माग गरिरहेका छन् । यसअघि प्रदेशसभा विशेष अधिवेशन बस्दै नवसी अन्त्य गरिएको थियो ।

