कोरोना संक्रमण डरलाग्दो बन्दै, मोरङमा एकै दिन ९ जनाको मृत्यु


विराटनगर– मोरङ जिल्लामा कोरोना संक्रमणका कारण एकै दिन ९ जनाको मृत्यु भएको छ। बिराटनगरमा रहेका अस्पतालमा ८ र सुन्दरहरैंचा नगरपालिकामा १ जनाको मृत्यु भएको हो।

संक्रमणका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा ५, कोशी कोभिड अस्पतालमा २ र न्युरो अस्पतालमा एक जनाको मृत्यु भएको हो।

झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध, तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुष, झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुष, उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवक र मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्धको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो।

सुनसरीको इटहरी–५ की ६९ वर्षीय वृद्धा र विराटनगर–३ का ७७ वर्षीय वृद्धको कोशी कोभिड अस्पतालमा मृत्यु भएको हो ।

मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको भने होम आइशोलेसनमा नै मृत्यु भएको हो।

कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान मृत्यु भएको थियो।

प्रतिक्रिया