

संसद् विघटनको नेविसंद्वारा विरोध, राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडाैं – नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रतिनिधिसभा विघटनको विरोधमा कलंकीमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा असंवैधानिक रुपमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष, जनमोर्चा लगायत दल र तिनका भ्रातृ संघ संगठनहरु विरोधमा उत्रिएका छन् ।

