वाईसीएलद्वारा संसद विघटनकाे विराेध, राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


काठमाडाैं – संसद विघटन गरेर असंवैधानिक र प्रतिगामी कदम चालेको भन्दै नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएल नेपालले देशैभर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

उपत्यकामा काठमाडौँ, भक्तपुर, ललितपुर लगायत देशैभरी पुत्ला दहन गर्ने कार्य भएको वाईसीएल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिए । संकटको घडीमा मध्यराति सुनियोजित तवरले संसदको हत्या गर्नु प्रधानमन्त्री र राष्ट्रपतिको नालायकी र कायरपना भएको सापकोटाले बताए ।

देशी विदेशी शक्तिको इसारामा देशको बेहाल बनाएर संविधान र जनताको हुर्मत लिने काम प्रधानमन्त्री र राष्ट्रपतिबाट हुनु देशको लागी दुर्भाग्य भएको उनको भनाइ छ । सापकोटाले देशैभरका क्रान्तिकारी, देशभक्त र देशलाई माया गर्ने युवाहरुलाई आफ्नो ठाउँबाट यस्तो गलत प्रवृत्ति र व्यक्तिको विरोध गर्न अपिल समेत गरेका छन् ।

प्रतिक्रिया