

नेपाल समूहका सांसदको हस्ताक्षर संकलन गर्न सकस परेपछि विपक्षी गठबन्धन भोली सर्वोच्च जाने

काठमाडौं– प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्तिको परमादेशको मागसहित सर्वोच्च अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्न लागेको विपक्षी गठबन्धनले भोली मात्र परिणाम दिने जनाएको छ।
सिंहदरबारमा आइतबार एमाले नेता माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षर संकलनका लागि सकस परेपछि विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल पक्ष र उपेन्द्र यादव पक्ष सोमबार अदालत जाने भएको हो।
नेपाल पक्षका २६ जना सांसदले साथ दिने बताए पनि आइतबार १९ जनाको मात्र नाम तयार भएको थियो। जसमा हस्ताक्षर नदिने भनिएका सुरेन्द्र पाण्डेको नाम पनि लेखिएको छ।
गठबन्धनले तयार पारेको रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्न उल्लेख गर्दै प्रतिनिधि सभा विघटन खारेज गर्दै बैठक आह्वानको पनि माग गरिएको छ।

